शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका विनिमय दरअनुसार आज अमेरिकी एक डलरको खरिद दर १३२ रुपैयाँ १३ पैसा रहेको छ ।
बिक्री दर भने प्रति डलर १३२.७३ रुपैयाँ रहेको छ । यस्तै, आज एक युरोको खरिद दर १४०.७४ रुपैयाँ रहेको छ । बिक्री दर भने १४१.३८ रुपैयाँ रहेको छ । बिहीबारको तुलनामा युरोको मूल्य आज केही बढेको हो ।
अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ६ पैसा र बिक्री दर ८९ रुपैयाँ ४७ पैसा रहेको छ । यो पनि बिहीबारको तुलनामा केही बढी हो ।
साउदी रियाल एकको खरिद दर ३५.१३ रुपैयाँ रहँदा बिक्री दर ३५.२९ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २९.८६ रुपैयाँ रहँदा बिक्री दर ३० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।