प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रकाशमान, के भयो कुराकानी?

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनले आज बिहान खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् । 

प्रचण्ड र सिंहबीचको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । प्रचण्डले पहिलो कार्यकालमै आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडान कायमै राखेका छन् ।

उनले आफ्नो अडानबाट पछि नहट्ने संकेत देखाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेता सिंहलाई खुमलटार पठाएका बताइएको छ । 

बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भएको थियो । बिहीबारको छलफलमा सत्ता बाँडफाँटबारे छलफल भएको थियो ।  

छलफलमा प्रचण्डले आलोपालोको सहमतिअनुसार पहिलो २ वर्ष आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेका थिए । उनको सो प्रस्तावमा देउवाले सकारात्मक जवाफ फर्र्काएको बताइएको छ । यद्यपि कांग्रेसका अन्य नेताहरू भने प्रचण्डको प्रस्तावमा सन्तुष्ट छैनन् ।  





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार ११:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया