सांसदहरूले ‘मधेसी भाषा’ मा सपथ खाएकोबारे मधेसी आयोगले सोध्यो स्पष्टीकरण

सूचीकृत नभएको ‘मधेशी भाषा’मा शपथ गराएको भन्दै संघीय संसद सचिवालयलाई मधेशी आयोगले स्पष्टीकरण सोधेको छ ।आयोगले प्रतिनिधिसभाका सदस्य चन्द्रकान्त राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई बिहीबार मधेशी आयोगमा सूचीकृत नभएको मधेशी भाषामा शपथ गराएको भन्दै सचिवालयलाई स्पष्टीकरण सोधेको हो ।

केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको विषयमा उजुरी परेको र त्यसमा आफ्नो ध्यानाकर्षण भएको आयोगले जनाएको  छ । आयोगलाई संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराउन निर्देशन दिइएको छ । 


 





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १४:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया