उपराष्ट्रपति पुन भन्छन् - शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ
फाइल तस्बिर

उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताएका छन् । पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पुगेका उपराष्ट्रपति पुनले विभेदपूर्ण वर्तमान शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले वर्तमान शिक्षा प्रणालीले समाजलाई धु्रवीकृत गराएकाले यो शिक्षा प्रणालीबाट मुलुकको भविष्य राम्रो नभएको बताए । उपराष्ट्रपति पुनले अहिलेको शिक्षालाई परिमार्जित गरेर वैज्ञानिक, व्यावसायिक, प्राविधिक, रोजगारमूलक एवं जनमुखी बनाएर सक्षम, प्रतिस्पर्धी, नैतिकवान् एवं राष्ट्रहितप्रति समर्पित जनशक्ति उत्पादन गर्नसक्ने शिक्षा प्रणालीको विकास गर्नुपर्ने कुरामा जोड दिए ।

शिक्षामा व्यापारीकरण बढेको भन्दै उपराष्ट्रपति पुनले यस क्षेत्रमा राज्यको लगानी बढाएर निजी क्षेत्रको लगानीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।  





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १७:३३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया