सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आइतबार सकिँदै
फाइल तस्बिर

नयाँ सरकार गठनका लागि विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको समय आइतबार सकिँदै छ । प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपति भण्डारीले दललाई दिएको समयसीमा भोली सकिन लाग्दा दलहरुबीच छलफल जारी छ । 

सत्ता गठबन्धनमा कसको नेतृत्वमा सरकार बन्ने भन्नेमा कुरा मिलिसकेको छैन । आज पनि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच सोही विषयमा छलफल हुँदैछ । प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएपनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने प्रचण्डको दाबी माथि सकारात्मक देखिएका छैनन् । 

शुक्रबार वालुवाटारमा प्रचण्डसँगको छलफलमा देउवाले प्रधानमन्त्री पदमा प्रचण्डलाई सघाउने प्रतिबद्धता जनाउन सक्ने अवस्था नरहेको बताएका थिए । छलफलका क्रममा देउवाले आफूले नै पहिलो कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने बताएका छन् । 

नयाँ सरकार आफ्नो नेतृत्वमा गठन गर्न दलहरुले छलफललाई तीव्र पारेका छन् ।  





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार ९:५०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया