नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी छ ।
गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल हुने स्रोतको भनाइ छ । प्रचण्ड र प्रधानमन्त्री देउवाबीचको भेटपछि मात्रै गठबन्धनको बैठक बस्ने भनाइ छ।
यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथावत् राख्न जोड दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।