नापी कार्यालय धनुषाद्वारा लालपुर्जासँगै विरुवा वितरण अभियान सञ्चालन

नापी कार्यालय धनुषाले जिल्लामा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) सँगसँगै विरुवा वितरण कार्यक्रमको सुरुवात गरेको छ । 

नापी कार्यालय धनुषाले शुक्रबार र शनिबार गरी दुई दिनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२५ लोहनामा एक लालपुर्जा एक विरुवा वितरण गरेको हो । 

पर्यावरण संरक्षण अभियानलाई जोड्न लालपुर्जासँगै विरुवा वितरण पनि गर्नुपर्ने वन अधिकृत सुरेश शर्मासँगको छलफल अनुसार कार्यालयले विरुवा वितरणको सुरुवात गरेको छ ।
 
कार्यालयले यसअघि ट्रायलको रुपमा गत आर्थिक वर्षमा साबिकको देउरी परबाहामा लालपुर्जासँगै विरुवा वितरण गर्दा जनमानसमा सकारात्मक उत्साह प्रदान गरेकोले यसवर्ष पनि निरन्तरता दिइएको कार्यालय प्रमुख सुमन मिश्रले बताए ।
 
दुई दिनमा करिब ६०० लालपुर्जासँगै ६०० विरुवा पनि वितरण गरिएको उनले जानकारी दिए ।
 
कार्यालयका अमिन रामदुलार साहले चालू आर्थिक वर्षमा १० हजार लालपुर्जासँगै १० हजार विरुवासमेत वितरण गर्ने योजना रहेको सुनाए । 

कार्यालय प्रमुख मिश्रले यस कार्यका लागि अभिप्रेरित गर्ने वन अधिकृत सुरेश शर्मा, विरुवा उपलब्ध गराउने डिभिजन वन कार्यालय धनुषा र उत्साहपूर्वक सहभागी हुने सम्पूर्ण स्थानीयबासिन्दाप्रति आभारसहित धन्यवाद ज्ञापन गरेका छन् । 

लालपुर्जासँगै विरुवा वितरण कार्यको सराहना गर्दै स्थानीय वडाध्यक्ष, बुद्धिजिवी, नागरिक समाजलगायत स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
 
उनीहरूले भविष्यमा समेत यसप्रकारको पर्यावरण संरक्षण अभियानमा आफूहरूको सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १८:४५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया