मधेश प्रदेश : शपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

मधेश प्रदेश सभा सचिवालयको आह्वानमा सोमबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ । नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए । ‘दलहरूसँगको समन्वयमा बैठक बस्दैछ, त्यसपछि हामी शपथग्रहण र प्रदेशसभा बैठकको तयारीमा जुट्छौँ,’ यादवले भने ।

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेश सभाका सदस्यले प्रदेश सभा बैठकमा पहिलो पटक भाग लिनुअघि कानुन बमोजिम शपथ लिनुपर्नेछ । त्यसैगरी संविधानको धारा १८३९१० बमोजिम प्रदेश प्रमुखले प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेश सभाको अधिवेशन आह्वान गरिसक्नुपर्ने छ ।

निर्वाचन आयोगले यही २ पुसमा अन्तिम परिणाम घोषणा गरेकाले २१ पुसभित्र अधिवेशन बोलाइसक्नु पर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताए । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १२:३१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया