प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकाेटमा सहमति

अबकाे सरकारकाे नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकाेटमा बसेकाे दलहरुकाे बैठकले उनलाई प्रधानमन्त्री बनाउने भएकाे हाे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि बालकोट बैठकमा रहेका दलहरु शीतलनिवास जाने भएका छन् ।

बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङ्देन, जनमत पार्टीका डा. सिके राउत सहभागी थिए । 

यी सबै दल र नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा पेश गरिने सहमति भएको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६ उपधारा २ बमोजिम बहुमत पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी थिइन् ।



 



  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १६:१३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया