अब को बन्ला कर्णालीमा मुख्यमन्त्री ?

संघीय सरकारमा माओवादीलाई एमालेले साथ दिए लगत्तै कर्णाली प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने भएको छ । केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने नेकपा (माओवादी केन्द्र) इन्चार्ज कालीबहादुर मल्लले बताए । 

नेकपा विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवार हुने आकलन सुरु भएको छ । 

कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने इन्चार्ज मल्लले बताए ।  केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन पनि गरिएको छ । 

एमालेभन्दा माओवादीको सिट धेरै भएकाले पनि कर्णालीमा माओवादी नेतृत्वमा सरकार बन्ने नेताहरु बताउँछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ । राप्रपा पनि सरकारमा गए २४ सिट हुनेछ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ । 

माओवादीबाट रुकुम पश्चिमका राजकुमार शर्मालाई सम्भावित मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । सुर्खेतका विन्दमान विष्टको पनि चर्चा कायमै छ ।





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार २०:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया