प्रचण्ड सरकारमा योगेश भट्टराई पनि मन्त्री बन्ने

नेकपा एमालेका सचिव योगेश भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका छन् । उनले पाउने मन्त्रालयको टुंगो भने लाग्न बाँकी छ ।

स्रोतका अनुसार एमालेबाट मन्त्री बन्नेको सूचीमा भट्टराईको नाम समावेश भइसकेको छ । उनले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । 

भट्टराई गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा ताप्लेजुङबाट माओवादी उम्मेदवारलाई २०८ मतान्तरले हराउँदै सांसदमा निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार ९:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया