हामी एम्बाप्पे भयौँ, कप अर्कैले जित्यो : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको पछिल्लो अवस्थालाई हालै सम्पन्न फिफा विश्वकप फुटबलसँग जोडेका छन् । उनले कांग्रेसको हालत फ्रान्सका केलियन एम्बाप्पेको जस्तो भएको टिप्पणी गरेका हुन् ।

१८ डिसेम्बरमा सम्पन्न २२ औं संस्करणको विश्वकप फाइनलमा एमबाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका थिए । उनको शानदार प्रदर्शनका बाबजुत फ्रान्सले उपाधि भने जित्न चुक्यो ।

सोही घटनालाई सम्झँदै महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् । 

‘जितेर, हारेर पोखरा आएको हो । वर्ल्डकपमा एम्बाप्पले सबैभन्दा बढी हान्यो । मंसिर ४ मा कांग्रेसले सबैभन्दा बढी सिट जित्यो । एम्बाप्पेले बढी गोल पनि हान्यो, गोल्डेन बुट पनि जित्यो । तर कप अर्कैले जित्यो । त्यसकारण हामी एम्बाप्पे भएर आएको हो,’ पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा उनले भने ।

शर्माले पाँच वर्षपछि कांग्रेस उदाउने दाबी पनि गरे । ‘पाँच वर्षपछि हामी विजयी बन्छौँ । देशभर सोध्दै गर्दा मैले भनेको के होभन्दा डन्ट वरी । हामी छौँ । नेपाली कांग्रेसका लागि टर्निङ पोइन्ट हो । नहुनुपर्ने भयो । कोहीकोही बेला जे भएको छ ठीकै भएको छ भन्ने हुन्छ,’ उनले भने ।  





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १२:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया