राप्रपाको बागमती प्रदेश संसदीय दलको नेतामा थापा सर्वसम्मत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा सर्वसम्मत चयन भएका छन्। सोमबार बिहान काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको प्रदेश संसदीय दलको बैठकले थापालाई सर्वसम्मत चयन गरेको प्रदेश सचिव गुन्जबहादुर न्यौपानेले जानकारी दिए।

यसअघि राप्रपा बागमती प्रदेशको संसदीय दलको नेताका लागि थापा र प्रदेश महामन्त्री भुवन पाठकको दाबी थियो। बागमती प्रदेश सभामा अघिल्लो कार्यकाल दुई सदस्य रहेको राप्रपाको यसपटक १३ सदस्य छन्। 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १४:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया