च्याम्पियन्स लिग
रियल मड्रिड र टोटनह्यामको जित

काठमाडौं– च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिड र टोटनह्यामले जित निकालेका छन् । स्पेनिस क्लब रियल मड्रिडले अजाक्समाथि २–१ को जित निकालेको हो भने टोटनह्यामले डर्टमन्डलाई ३–० ले पराजित गरेको छ ।

रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले गोल गरेका हुन् । अजाक्सका हाकिम जियचले एक गोल फर्काएका हुन् । दुई टोलीबीच भएको खेलमा सबै गोल दोस्रो हाफमा भएका हुन् ।

रियल मड्रिडका करिम बेन्जिमाले ६०औं मिनेटमा पहिलो गोल गरेका हुन् । ७५औं मिनेटमा अजाक्सका जियचले गोल गर्दै खेललाई बराबरीको स्थितिमा राखे । तर, खेल सकिन तीन मिनेट बाँकी छँदा एसेन्सियोले गोल गर्दै रियललाई जित दिलाए । 

 

टोटनह्यामले बोरुसिया डर्टमन्डलाई हरायो

 



बुधबार राति नै अर्को खेलमा इंग्लिस क्बल टोटनह्यामले बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले डर्टमन्डमाथि ३–० को जित निकालेको हो । 



टोटनह्यामलाई जित लिलाउने क्रममा हेयुङ मिन, फर्नान्डो लोरेन्टे र जान भेर्टोङहानले गोल गरेका हुन् । यी दुईबीच भएको खेलमा पनि सबै गोल दोस्रो हाफमा भएको हो । 

दोस्रो हाफको दोस्रो मिनेटमा हेयुङको गोलबाट टोटनह्यामले अग्रता लिएको हो । त्यसपछि ८३औं मिनेटमा भेर्टोङहानले टोलीको अग्रता दोब्बर बनाए भने ८६औं मिनेटमा लोरेन्टेले गोल गर्दै टोलीलाई ३–० को जित सुनिश्चित गरेका हुन् ।
 

  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार १०:३२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया