नेपालकाे राष्ट्रपतिमा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङकाे सम्भावना देखिएकाे छ । उनले आफू पाँचपटक सभामुख भइसकेकाले फेरि साेही पदमा नजाने बताएका छन् ।
पाँचपटक सभामुख, दुईपटक संविधानसभाको अध्यक्ष भइसकेकाले अब मन्त्री वा उपप्रधानमन्त्रीमा नजाने उनकाे भनाइ छ । प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने अवस्था नभएको बताउँदै उनले भनेका छन्, त्यसो भयो भने पदप्रतिको मोह देखाउनु हुन्छ।'
राष्ट्रपतिबारे पार्टीभित्र छलफल भइरहेको र पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने उनकाे भनाइ छ । राष्ट्रपतिमा नेम्वाङसँगै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि चर्चा छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।