\
नेपाली कांग्रेसका नेता प्रदीप पौैडेलले नेतृत्वमा दुरदर्शिता नदेखिएको भन्दै पार्टीमा यसको गम्भीर छलफल हुनु पर्ने माग गरेका छन् ।
उनले सामाजिक सन्जाल ट्विटरमा यस्तो लेखेका हुन् ।
पौडेलले राजनीति गणितमा मात्र सिमित हुँदा पात्र बदलिए पनि सँस्कार नबदिलिने भन्दै पछिल्लो घटनाक्रमले सत्ता स्वार्थमा हुर्किएको राजनीतिले संख्या हेरेको र सिद्धान्त बिर्सिएको बताएका छन् ।
उनले यस्तो घटना फेरि दोहोरिन नदन पार्टी भित्र गम्भीर छलफल हुनु पर्ने माग गरेका छन् ।
पौडेल यसपटक पहिलो पटक संसदमा निर्वाचित भएका हुन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।