बागमती प्रदेश : संसदीय दलको नेता छान्दै एमाले

नेकपा एमालेले बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता छान्ने भएको छ । एमालेले हेटौंडास्थित पार्टी कार्यालयमा हुने निर्वाचनमार्फत दलको नेता छान्ने भएको हो ।  

एमालेमा संसदीय दलको नेतामा जगन्नाथ थपलिया अगाडि देखिएका छन् । मुख्यमन्त्रीका दाबेदार नेताहरू ४ मंसिरको चुनावमा पराजित भएपछि थपलिया मात्र संसदीय दलको नेतामा अगाडि देखिएका हुन् ।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका उनी सर्बसम्मतबाट संसदीय दलको नेतामा चुनिने सम्भावना छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी छ । 

यद्यपि माओवादीले मुख्यमन्त्री लिएर एमालेले सभामुख लिने चर्चा पनि छ । थपलिया भने सभामुखभन्दा मुख्यमन्त्रीका लागि तयारीमा छन् । 





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ८:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया