प्रिमियर लिगमा सानदार पुनरागमन जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत वेस्ट ह्याम युनाइटेडविरुद्ध शीर्ष स्थानको आर्सनल ३–१ ले विजयी भएको छ । गएराति सम्पन्न खेलमा १–० को स्थिति उल्ट्याएर युनाइटेडमाथि सानदार जित हात पार्‍यो ।

आर्सनलको जितमा बुकायो साका, गाब्रिएल मार्टिनेली र इडवार्ड एनकेइटाले एक/एक गोल गरे । इमिरेट्स स्टेडियममा भएको खेलमा २७ औं मिनेटमा सेड बेनरहमाको गोलबाट आर्सनलले सुरुआती अग्रता लिएको थियो । 

५३औं मिनेटमा बुकायो साकाले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५८ औं मिनेटमा गाब्रिएल मार्टिनेलीले गोलबाट आर्सनलले २–१ को अग्रता लियो । 

६९औं मिनेटमा एनकेइटाले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए । यो जितसँगै आर्सनलले ७ अंकको अग्रता बनाएको छ । उसको १५ खेलबाट ४० अंक पुगेको छ ।

आर्सनलले अहिलेसम्म १३ जित र समान एक बराबरी र हारको नतिजा निकालेको छ । पराजित वेस्ट ह्याम १४ अंकका साथ १६ औं स्थानमा छ । 





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ९:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया