काठमाडौंमा सिके राउतलाई डेरा पाउन गाह्रो

सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई काठमाडौंमा डेरा पाउन गाह्रो भएको छ । उनले सामाजिक सञ्जालमार्फत काठमाडौं बस्न डेरा/घर खोज्न गाह्रो भइरहेको जनाएका हुन् ।

नवनिर्वाचित सांसदसमेत रहेका राउतले आज पनि आफू कोठा खोज्न जान लागेको पनि बताएका छन् ।  ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु, बरु काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू,’ उनले भक्तपुरको घ्याम्पेडाँडस्थित पाइलट बाबा जाँदाको तस्बिर सेयर गर्दै लेखेका छन् ।

गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको जनमतले प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार १०:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया