कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक आफूहरुले जितेर पनि हारेको बताएका छन् । उनले सरकारमा कांग्रेसको नेतृत्व नपुगेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले यसपटक समूह चरणमा जितेर पनि हारेको कांग्रेस पाँच वर्षपछि च्याम्पियन बन्ने बताएका हुन् ।
‘अस्ति विश्वकपमा सबैभन्दा धेरै गोल एम्बाप्पेले गरे तर कप अर्कैले जित्यो,’ उनले भने, ‘यसपटकको निर्वाचनमा हामीले सबैभन्दा धेरै गोल गर्यौँ, तर कप अर्कैले जित्यो ।’ उनले अबको पाँच वर्षपछि आफूहरु च्याम्पियन बन्ने पनि बताए ।
यसपटक विश्वकपमा सबैभन्दा धेरै गोल गरेर फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट जितेका थिए । तर, फाइनलमा टाइब्रेकरमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको ट्रफी उचालेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।