दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाह

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्वसरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मंगलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायँलाई ‘विशेष परिस्थिति’ मिनाह गरिदिएका हुन् ।

सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो । 

बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनाह’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ । गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रोपटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिएका हुन् ।





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार १४:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया