सेयर बजार ५९.८७ अंकले वृद्धि
फरकधार / १२ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

मंगलबार बिहानैदेखि उक्लिएको नेप्से परिसूचकमा ५९.८७ अंकले वृद्धि भइ १९८३.८७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार ३.११ प्रतिशतले सेयर बजार बढेको हो ।



सोमबार भने नेप्से परिसुचक ५७ अंकले वृद्धि भएको थियो ।



साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार  भएको छ ।



यस्तै, लक्ष्मी बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता नेपाल दुर सञ्चार कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।



यता, सिद्धार्थ बिमा, बहुउद्देशीय वित्तिय संस्था, अजोड बिमा र  सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ साथै  धाैलागिरि लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । 

मंगलबार सबै उपसूचकहरू उकालो लागेका छ । सबैभन्दा धेरै इन्भेष्टमेन्टका ६.४३ प्रतिशत, होटल तथा पर्यटन, फाइनान्स, हाइड्रो पावरको ४ प्रतिशत बढीले वृद्धि भएको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार १६:५२:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया