मंंगल ग्रहबारे बुझ्न पठाइएको अपच्र्युनिटी रोभरको यात्रा सकियो, ९० दिनका लागि पठाइएको थियो, १५ वर्ष चल्यो

एजेन्सी– मंगल ग्रहबारे थाहा पाउन पठाइएको अपच्र्युनिटी रोभरको यात्रा बुधबार सकिएको छ । बुधबार नासाले एक विज्ञप्ति निकाल्दै यो जानकारी दिएको हो । सन् २००४ मा केवल तीन महिनाका लागि र एक किलोमिटरको यात्रा लागि यो रोबोट पठाइएको थियो । तर, यसले १५ वर्षसम्म त्यहाँको जानकारी पठायो ।

गत वर्ष जुनमा आएको तुफानका कारण यो रोबोटको अन्त्य भएको हुनसक्ने अनुमान छ । गत जुनदेखि यो रोबोटसँग ८ सयपटकभन्दा धेरै सम्पर्क प्रयास भएको तर सम्पर्क हुन नसकेको नासाले जनाएको छ । 

अहिले मंगल ग्रहमा नासाको क्युरोसिटी रोबोटले त्यहाँको वातावरण तथा सतहमाथि अध्ययन गरिरहेको छ । यो रोबोट अगस्त सन् २०१२ मा मंगलग्रहमा पठाइएको थियो ।





  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार १२:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया