युद्ध अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने युक्रेनको चाहना

युक्रेनले रुससँग जारी युद्धको अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने लक्ष्य लिएको छ । यद्यपि रुस शान्ति शिखर सम्मेलनमा सहभागी नभएपछि चाँडै युद्ध अन्त्य हुने भविष्यवाणी गर्न कठिन भएको छ । 

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशको सरकारले आगामी दुई महिना भित्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको मध्यस्थतामा शान्ति शिखर सम्मेलन गर्न चाहेको एसोसिएटेड प्रेसलाई बताएका छन् । सन् २०२३ भित्रमा युद्ध अन्त्य होस् भन्ने युक्रेनी चाहना रहेको पनि उनले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले पनि ‘महासचिवले विगतमा धेरै पटक भनेझै सबै पक्षले मध्यस्थता गरून् भन्ने चाहेमा मात्र’ उनले मध्यस्थता गर्नसक्ने प्रतिक्रिया दिएको छ । टर्कीको अग्रसरतामा खाद्यान्न आपूर्ति गर्नेसम्बन्धी यसअघि सम्झौताजस्तै शान्तिवार्ताका निम्ति रुससँग छलफल गर्न अन्य राष्ट्रहरू स्वतन्त्र ढङ्गले लाग्नसक्ने विदेशमन्त्री कुलेबाले बताए ।

आफ्नो देशले मस्कोसँग प्रत्यक्ष वार्ता गर्नु अघि रसियाले युद्धअपराध न्यायाधिकरणको सामना गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । साथै उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गत हप्ताको अमेरिका भ्रमणको नतिजाबाट आफू पूर्णरूपमा सन्तुष्ट भएको बताए । 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १०:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया