अञ्जन विष्ट चर्च ब्वाइज क्लबमा अनुबन्ध

राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट चर्च ब्वाइज क्लबमा आवद्ध भएका छन् । उनी चर्च ब्वाइजमा एक वर्षका लागि आवद्ध भएका हुन् ।

बुधबार बिहान चर्च ब्वाइजले अञ्जनलाई क्लबमा आवद्ध गरेको घोषणा गरेको हो ।  ६६ सालमा स्थापना भएको चर्च ब्वाइजले पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्दैछ ।
 
अञ्जनले मंगलबार राति सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मनाङ मर्स्याङ्दी क्लब छाडेको घोषणा गरेका थिए ।

पछिल्लो समय क्लब व्यवस्थापनमा आएको समस्याका कारण मनाङ मर्स्याङ्दी छाड्नु परेको अञ्जनले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १०:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया