जनकपुरधाममा अध्यक्ष यादवको उपस्थितिमा जसपाको समीक्षा बैठक

जनता समाजवादी पार्टी नेपालको चुनावी समीक्षा बैठक जनकपुरधाममा सुरु भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टीको चुनावी समीक्षा बैठक सुरु भएको हो । 

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको जसपाले विभिन्न स्थानमा पराजय भोगेको छ । 

सोही विषयमा जसपाको प्रदेश पार्टी कार्यालयमा छलफल सुरु भएको हो । दुई दिनसम्म चल्ने बैठकको दोस्रोदिन बिहीबार मधेस प्रदेशको संसदीय दलको नेतासमेत चयन हुनेछ । 

बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष यादवसँगै मधेस सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, कृषिमन्त्री विजय यादव, सुरेश यादव, योगेन्द्र राय यादव, जितेन्द्र यादव लगायतका नेताहरु उपस्थित छन् । 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १५:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया