हिट फिल्मको खोजीमा चिरञ्जीवी
फरकधार / १३ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

साउथका मेगास्टार चिरञ्जीवी हालका दिनमा नयाँ फिल्म ‘वाल्टेयर वीरय्या’का कारण चर्चामा छन् । यो फिल्म आगामी १३ जनवरी २०२३ मा रिलिज हुँदै छ । फिल्मको प्रमोसन पनि जोडतोडका साथ भइरहेको छ ।



लामो समयदेखि चिरञ्जीवी एक हिट फिल्मको खोजीमा छन् । उनको यो इच्छालाई फिल्म ‘वाल्टेयर वीरय्या’ले पुरा गर्नेमा निर्माण पक्ष ढुक्क छन् । यो फिल्मका निर्माता तथा निर्देशक फिल्मलाई हिन्दी भाषामा पनि रिलिज गर्ने तयारीमा छन् ।



चिरञ्जीवीको पछिल्लो फिल्म ‘गडफादर’ हिन्दीमा पनि रिलिज भएको थियो । यो फिल्ममा बलिउड सुपरस्टार सलमान खानले केमियो गरेका थिए ।



सलमानको उपस्थिति भए पनि फिल्मले हिन्दी दर्शकबीच खासै कमाल देखाउन सकेन । चिरञ्जीवीको हिन्दी बेल्टमा फ्यान फलोइङ उल्लेख्य छैनन् । सोहीकारण पनि उनको नयाँ फिल्म पनि ‘गडफादर’ जस्तै पो हुने हो कि भन्ने चासो र चिन्ता बढ्दो छ ।



‘वाल्टेयर विरय्या’ एक एक्सन ड्रामा फिल्म हो । फिल्ममा श्रुति हासन, रवि तेजा र केथरिन तिरेसा प्रमुख भूमिकामा छन् । रवि चिरञ्जीवीसँग २२ वर्षपछि पुनः स्क्रिन शेयर गर्दैछन् ।





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १७:२५:२७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया