logo-img

नेप्से परिसूचक ५७ अंकले उकालो

बुधबार ११ अंकको करेक्सन आएको सेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ। सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब ५७ अंकले उकालो लागेको हो।

सूचक बढ्दा कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ। आज २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँमा सेयर खरिदबिक्री भयो।

४५ हजार ९४४ पटक सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन बुधबार २ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। 

यसदिन १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढिले बढ्यो। 

१२ करोड मूल्य बढिको सेयर कारोबार गरी हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहयो। नेपाल दूरसञ्चार कम्पनी १० करोडको कारोबार गरी दोस्रो स्‍थानमा रह्यो। 

कारोबारमा आएका १३ वटै समूहको सूचक सकारात्मक देखिएका छन्। कारोबारमा आएका १७ कम्पनीको मूल्य ओरालो लाग्यो।



फाइनान्स समूहको सूचक सर्वाधिक ५.३८ प्रतिशतले बढ्यो।  हाइड्रोपावरको ४.९२ र नन लाइफ इन्स्योरेन्सको ४.३९ले बढ्दा डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्सको ३ प्रतिशत बढिले वृद्धि भयो।


  



  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया