मोटिफ एजुकेसनले ‘स्पिकिङ च्यालेन्ज’ प्रतियोगिता गर्ने

काठमाडौं– मोटिफ एजुकेसन अब्रोडले ‘स्पिकिङ च्यालेन्ज’ कार्यक्रम गर्ने भएको छ । आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा मोटिफले गर्न लागेको प्रतिस्पर्धामा १८ देखि २४ वर्षका स्नातक तहका विद्यार्थी भाग लिन सक्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक मोटिफ एजुकेसन अब्रोडले जनाएको छ । यस्तै, दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार र पपुलर चोइस विधाको विजेताले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रयोगिताको प्रमुख निर्णयक पूर्व मिस नेपाल माल्भिका सुब्बा हुनेछिन् ।

आयोजकका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले १२ मार्चमा रसियन कल्चर सेन्टर, कमलपोखरीमा हुनेछ । 

काठमाडौंको नयाँबानेश्वरमा रहेको मोटिफले अष्ट्रेलियाका साथै अमेरिका, बेलायत, आयरल्याण्ड, न्युजिल्याण्ड र क्यानडा जाने विद्यार्थीलाई परामर्श, टेष्ट प्रिपरेसन, भिसा प्रक्रियालगायत सेवा दिँदै आएको छ । 





  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार १७:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया