मापदण्डविपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता
फरकधार / १४ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर 
भएका छन् ।  



नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरिएको हो । 



गृहमन्त्री रवि लामिछानेको सचिवालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो । 









  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १८:५२:४१,   अन्तिम अपडेट : पुस १४, २०७९ बिहीबार १९:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया