नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेका नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा आउन तयार रहेको खुलासा गरेका छन् ।
अर्का एमाले नेता भीम रावलसँग पनि छलफल हुन लागेको उनले बताए । उनले आफू राष्ट्रपति बन्न लागेकाे भन्ने बाहिरी हल्लाको पछि नलाग्न कार्यकर्तालाई सुझाब दिए ।
बिहीबार पार्टी जनवर्गीय संगठनको भर्चुअल बैठकमा बाेल्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई अझै संगठित बनाउन सकिने बताए ।
आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको उनले स्पष्ट गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।