Mon, 30 Mar, 2020


सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले भने, ‘नयाँ पिढीका भाइबहिनीलाई ह्याप्पी भ्यालेन्टाइन डे’
फरकधार / फागुन २, २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पिढीलाई ‘भ्यालेन्टाइन डे’को शुभकामना दिएका छन् । सरकारको एक वर्षको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले नयाँ पिढीका लागि भन्दै शुभकामना दिएका हुन् ।



सम्बोधन सकेर बिदा हुने बेला प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पिढीका हाम्रा भाइबहिनीलाई ह्याप्पी भ्यालेन्टाइन डे ।’ प्रधानमन्त्री ओलीले ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दा दर्शकदीर्घामा हाँसो फैलियो ।

फेब्रुअरी १४ मा प्रेम दिवसका रुपमा ‘भ्यालेन्टाइन डे’ मनाउने अन्तर्राष्ट्रिय प्रचलन छ । पछिल्लो समय नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने लहर बढ्दै गए पनि सरकारी उच्च तहका कसैले सार्वजनिक शुभकामना दिएको यो पहिलोपटक हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्