प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक शोक सन्देशमार्फत प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै उनले दिवंगत हिराबेनको आत्माको चिरशान्तिको कामना पनि गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेनको आज ९९ वर्षको उमेरमा निधन भएको हो । मोदीले आमाले शानदार शताब्दी उमेर जिएको भन्दै भावुक ट्विट लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।