नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभा सदस्य गोवीन्द बहादुर न्यौपानेले नेकपा माओवादी केन्द्रका समानुपातिक सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदरबाहेक अन्य १०४ जना प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।
७१ वर्षीय ज्येष्ठ सदस्य न्यौपानेले यसअघि बिहीबार नै प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
अब सांसद न्यौपानेले ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
यसपटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व छ ।
मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ । यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।
यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ ।
मधेस प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् ।
मधेस प्रदेशसभामा यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएपनि सर्लाही–३ (क) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहा बिहीबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । योसँगै मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रको सांसदको संख्या ९ पुगेको छ ।
कुन सांसदले कुन भाषामा लिए शपथ?
बज्जिका भाषामा (१३ जना)
अभिराम शर्मा
उपेन्द्र महतो
कृष्ण कुमार यादव
कौशल किशोर राय
जंगीलाल राय
नागेन्द्र साह
रमिता प्रधान
रुपा कुमारी यादव
रानी कुमारी तिवारी
वीरेन्द्रकुमार सिंह
सकुन्ती देवी महरा
शोभा देवी
संजय कुमार यादव
मधेशी भाषा (१२ जना)
सकिय मियाँ
महेशप्रसाद यादव
शम्भु कुमार साह
सञ्जयकुमार यादव
त्रिभुवन साह
बबिताकुमारी राउत इसर
अनिताकुमारी साह
चन्दन कुमार सिंह
बसन्त कुमार कुशवाहा
रञ्जुकुमारी मण्डल खंग
हसिना खातुन
भाग्यश्री कुमारी चौधरी
मैथिली भाषामा (११ जना)
रामअशिष यादव
राजकुमार गुप्ता
रामचन्द्र मण्डल
रामसरोज यादव
शेषनारायण यादव
मनिषकुमार सुमन
किरणकुमारी साह
ममता देवी मण्डल
कुमार कान्त झा
जीवछीकुमारी यादव
सतिश कुमार सिंह
भोजपुरी भाषामा (७ जना)
शाहिदा खातुन
बच्चा राउत अहिर
रमेश प्रसाद कुर्मी
शारदा पहाडी
शेख अबुकलाम अजाद
सरोज कुमार यादव
सिंगासन सा कलवार
थारू भाषामा (३ जना)
राजकुमार लेखी
राजेन्द्रप्रसाद चौधरी
देवनारायण थारू
मगही भाषामा (२ जना)
भरतप्रसाद साह
सरोज कुमार सिंह
हिन्दी भाषामा (२ जना)
जितेन्द्र सोनल
सुरिता कुमारी साह
उर्दु भाषामा (१ जना)
विमला अन्सारी तरुन्नुम
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।