अमेरिकाका लागि चिनियाँ राजदूत छिन क्याङ विदेशमन्त्रीमा नियुक्त

चीनले अमेरिकाका लागि चिनियाँ राजदूत छिन क्याङलाई विदेशमन्त्रीमा नियुक्त गरेको छ । राजदूत बहाल रहेका बेला उनलाई फिर्ता बोलाएर विदेशमन्त्रीमा नियुक्त गरिएको हो ।

अक्टोबरमा सम्पन्न २०औँ महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य बनेका क्याङलाई अमेरिकाबाट फिर्ता बोलाएर विदेशमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्म अध्ययन गरेका क्याङ सन् २०१७ मा सहायक विदेशमन्त्री र एक वर्षपछि उपविदेशमन्त्री बनेका थिए । उनी सन् २०२१ मा अमेरिकाका लागि चिनियाँ राजदूत बनेका हुन् । यसअघि चीनको विदेशमन्त्री वाङ यी थिए । 

चीन–अमेरिका सम्बन्ध बिग्रिरहेको बेला चीनले अमेरिकामै राजदूत रहेका व्यक्तिलाई बोलाएर विदेशमन्त्री बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यसअघि चीनसँगको सम्बन्ध खराब अवस्थामा रहेको अष्ट्रेलियाले चीनसँग निकट मानिएका पूर्वप्रधानमन्त्री केभिन रुडलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेको थियो ।





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार २०:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया