एकीकृत समाजवादीले बोलायो बैठक, सरकारमा जाने/नजानेबारे छलफल हुने

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । 

आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् ।

पाँचदलीय गठबन्धन भत्किएपछि विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुने उनको भनाइ छ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेर पार्टीको धारणा बनाउने उनले जानकारी दिए ।

खतिवडाले भने, ‘ सरकारमा सहभागी हुने नहुने, सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने, वाम एकतामा भइरहेको प्रयासलगायतमा छलफल हुन्छ ।’ 





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार २१:३४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया