नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटीको बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा निर्णय गर्ने भएको छ । त्यस विषयमा छलफल गर्न नेकपा एसको स्थायी कमिटी बैठक बिहान ११ बजे बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा ‘समसामयिक राजनीतिक अवस्था’ एजेण्डामा छलफल हुने छ । आज स्थायी कमिटीमा छलफल गर्नलागेको एकीकृत समाजवादीले आउदो सोमबार पोलिटब्यूरो बैठक बोलाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।