एकीकृत समाजवादी कुनै पनि पार्टीसँग एकीकरण हुँदैन : प्रवक्ता खतिवडा

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन् । 

आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदै छ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उनले जानकारी दिए । बैठकमा पूर्वसत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको थियो । 

सो क्रममा कांग्रेस समापति शेरबहादुर देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने पूर्वसर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको उनले बताए । 





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १६:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया