डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ कविता संगृहीत छन् ।
थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई संगृहीत गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए ।
वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले अमृतको मिहिनेतले कृति सकारात्मक र सार्थक बन्न पुगेको बताउँदै उनले कविको निरन्तरताका लागि शुभवकामनासमेत व्यक्त गरेका छन् ।
कोलम्बिया विश्वविद्यालय अमेरिकाबाट शिक्षा र अर्थशास्त्रमा पिएचडी गरेका थापाले ऐश्वर्य प्रकाशन प्रालिबाट पुस्तक प्रकाशन गरेका हुन् ।
उनी हाल पेन्सलभेनिया विश्वविद्यालय फिलाडेल्फिया संयुक्त राज्य अमेरिकामा लेक्चररको रुपमा कार्यरत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।