logo-img

डा. नवराज केसीको सिर्जनात्मक गैरआख्यान ‘शून्यको मूल्य’ सार्वजनिक

डा. नवराज केसीको सिर्जनात्मक गैरआख्यान ‘शून्यको मूल्य’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठान डबलीमा कृति विमोचन भएको हो । 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, डा. अरुणा उप्रेतीलगायतले संयुक्तरुपमा उक्त पुस्तक लोकार्पण गरेका हुन् । डा. केसीले यस पुस्तक लेख्न ५ देखि ७ वर्ष लागेको बताएका छन् ।

पुस्तकमा कर्णालीका आममानिसले उपचार गराउने क्रममा भोग्नुपरेका दुःख र संघर्ष पुस्तकमा समेटिएको छ । डा. केसीले कर्णालीमा चिकित्सकको रुपमा रहँदा बिरामीसँगको संवादपछि पुस्तक लेखनको प्रेरणा पाएको प्रतिक्रिया दिएका छन् ।

सुर्खेतमा जन्मिएका केसीले अभावका कारण बिरामीले भोगेका संघर्ष र साहसका कथा यस पुस्तकमा समेटिएको छ । 





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया