अग्रता जोगाउन नसक्दा एभर्टनसँग बराबरीमा रोकियो सिटी

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनविरुद्ध म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एभर्टनसँग सिटी १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २४ औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा डिमराइ ग्रेले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि भने दुवै टिमले गोल गर्न सकेनन् ।

यो बराबरीसँगै सिटीले १६ खेलमा ३६ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा रहेको छ । १७ खेलमा १५ अंक जोडेको एभर्टन १६ औं स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार ७:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया