नेकपा एसकाे स्थायी समिति बैठक बस्दै, सरकारमा जाने/नजाने विषयमा निर्णय लिने

नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आज पनि बस्दै छ । शनिबारको बैठकमा केही नेताहरूले धारणा राख्न बाँकी रहेकाले आज पनि बैठक बस्न लागेको हो ।  

आजको बैठकले सरकारमा सहभागिता र पार्टी एकताको विषयमा पनि ठोस निर्णय लिने बताइएको छ । शनिबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भएको थियो । 

बैठकमा नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरूबीच मत भिन्नता देखिएको छ । बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लोपटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखेका थिए । 

उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरूलाई निर्देशन दिए । नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरेका थिए ।   





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार ९:४७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया