प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । साे अवसरमा उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै अघि बढाउने घोषणा गरेका छन्।
आफूले तेस्रो कार्यकालमा सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको बताउँदै उनले भने, 'तेस्रो अन्तराष्ट्रिय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेको छ। हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौ। हामी विकासका कामलाई तीव्रता दिएर अघि बढ्छौँ।’
विमानस्थल निर्माण गर्ने पोखरेली जनताको जागरण र संकल्पलाई प्रधानमन्त्रीले सम्मान गर्दै उनले भने, ‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाइँहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो ।’
प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएलगत्तै चीनका नाका खुल्न थालेको बताउँदै यसका लागि चिनियाँ सरकारलाई धन्यवाद दिएका छन्। उनले देश विकासका लागि आफू जुटेको भन्दै अवरोध रहेका कामलाई क्रमश: अघि बढाउने बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।