अयोग्य नोटबाट बनेकाे ब्रिकेट–स्रेडेड बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले पुराना, झुत्रा र अयाेग्य नोटबाट बनाएकाे ब्रिकेट–स्रेडेड बिक्रीका लागि शिलबन्दी दरभाउ प्रस्तावकाे आह्वान गरेको छ । चलनचल्तीका लागि अयाेग्य नोटबाट बनाइएका यस्ता ब्रिकेट खरिद गर्न इच्छुकहरूबाट शिलबन्दी निवेदनकाे आह्वान बैंकले गरेकाे हाे ।  

बैंकले मुद्रा व्यवस्थापन विभागका तथा उत्पादन बाहिरका  विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयमा चलनचल्तीमा अयोग्य नोटहरू धुल्याउने क्रममा प्राप्त हुने ब्रिकेट–स्रेडेड टुक्राहरू बिक्री गर्ने जानाएको हो ।

कुल दुई लाख ७५ हजार केजी ब्रिकेट–स्रेडेड टुक्रा बिक्रीका लागि प्रस्ताव आह्वान गरेको राष्ट्र बैंकले जनाएको छ । साथै, खरिदकर्ताहरूबाट प्रस्तावी दरभाउ प्राप्त गरी प्रतिस्पर्धाको आधारमा बिक्री गर्ने निर्णय भएको छ ।

इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी सो ढाँचामा ४६औँ दिनको दिउँसो १२ बजेभित्र शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने बैंकले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १७:५२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया