आइओसीले निगमलाई इन्धनको मूल्य बढाएर पठायाे

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि भारतीय आयल कर्पोरेसन लिमिटेड (आइओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । 

आइओसीले आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेको निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले बताए । 

‘आइओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ,’ गोइतले भने । 

युक्रेनमा रुसको आक्रमण बढ्दै गएका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर देखिएकाे हाे । निगमका अनुसार हाल आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ । त्यस्तै सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको गोइतले बताए ।





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १८:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया