कंगनाकाे जीवनीमा आधारित बायाेपिक बन्ने, कंगनाले नै निर्देशन गर्ने

एजेन्सी— बलिउड अभिनेत्री कंगना रनाैटकाे जीवनमा आधारित फिल्म बन्ने भएकाे छ । मणिकर्णिका द क्विन अफ झाँसीमा भएकाे विवादपछि याे फिल्म बन्ने पक्का भएकाे हाे । अझ अनाैठाे त के भने याे फिल्मकाे निर्देशन स्वयं क‌गनाले नै गर्ने उनले बताएकी छिन् । 

याे फिल्मका लागि विजयेन्द्र प्रसादले स्क्रिप्ट लेख्ने र फिल्मकाे काम तत्काल सुरु हुने कंगनाले बताएकी छिन् । 

आफ्नाे जीवनमाथि बन्ने याे फिल्म कुनै प्रपाेगान्डा फिल्म नहुने उनले बताएकी छिन् । उनले याे फिल्ममा आफ्नाे मनकाे कुरा देखिने पनि बताएकी छिन् । कंगनाका अनुसार विजयेन्द्रले यसकाे प्रस्ताव गरेका थिए । यसमा आफूहरुले काम गर्ने याेजना १२ साताअघिमात्र बनाएकाे उनले बताएकी छिन् । आफूलाई याे फिल्ममाथि पूरै भराेसा भएकाे र आफ्नाे जीवनमाथिकाे सबै कुरा याे फिल्ममा देखाउने उनकाे दाबी छ । 

आफ्नाे जीवनकाे सबै उतारचढाव देखाउन याे फिल्म बनाउन लागेकाे पनि भारतीय एक मिडियासँग कुरा गर्दै कंगनाले बताएकी छिन् ।





  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार २३:१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया