नेकपा एकीकृत समाजवादीले बाेलायाे पोलिटब्युरो बैठक

नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो बैठक बोलाएको छ ।

यसअघि शनिबार र आइतबार साे पार्टीकाे स्थायी कमिटी बैठक सम्पन्न भएकाे छ । 

एकीकृत समाजवादीले सोमबार पोलिटब्युरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक विहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए ।

मुख्य रुपमा पार्टी निर्माण सुदृढिकरण र विस्तारका विषयमा गहनतम छलफल गरेको उनको भनाइ छ ।

स्थायी कमिटी बैठकमा नेताहरुले कसैले सरकारको बारेमा कसैले पार्टी निर्माणको बारेमा, कसैले विगतको गठबन्धनको बारेमा कसैले अहिलेको गठबन्धनको बारेमा धारणा राखेका खतिवडाले बताए ।
 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १९:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया