नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे आज निर्णय गर्ने बोलाएको पोलिटब्युरो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पोलिटब्यूरो बैठक चलिरहेको छ ।
यसअघि एकीकृत समाजवादीको शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा धारणा राख्ने केही सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए भने केही सदस्यले तत्काल सरकारमै सहभागी हुनुपर्ने बताएका थिए ।
स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी आज बसेको पोलिटब्युरो बैठकबाट निर्णय गर्ने तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।