क्याटरिना कैफ विवाहपछि फ्लप !

अभिनेत्री क्याटरिना कैफ र अभिनेता विक्की कौशलले विवाह गरेको एक वर्ष भइसकेको छ । तर, अहिले पनि उनीहरु हनिमुन पिरियडबाट बाहिर निस्कन सकेका छैनन् ।

कैटरिनाले गत वर्ष एकमात्र फिल्म ‘फोनभूत’ दर्शकलाई दिइन् । तर यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । अब यो फिल्म ओटिटीमा रिलिज हुँदै छ । यस्तो अवस्थामा क्याटरिना बक्सअफिसमा असफल भएपछि अब ओटिटीको सहारामा करियरलाई अगाडि बढाउन चाहन्छिन् भन्नमा गलत हुँदैन ।

क्याटरिनाको ‘फोनभूत’ गत नोभेम्बरमा रिलिज भएको थियो । फिल्मले दर्शकलाई हलमा खासै तान्न सकेन । अब यो फिल्म ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुँदै छ । अमेजनले सामाजिक सञ्जालमार्फत फिल्म जनवरी २ मा प्रसारणमा आउने जानकारी दिइसकेको छ ।

गुरमित सिंहको निर्देशन रहेको फिल्ममा कटरीनासँगै इशान खट्टर र सिद्धान्त चतुर्वेदीको अभिनय थियो । 





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १५:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया