बलात्कार आरोप लागेका निजगढ नगरपालिका-२ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई थुनामा राखेर अनुशन्धान गर्न अनुमतिका लागि जिल्ला अदालत बारा लगिएकाे छ। प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको हो ।
जिल्ला अदालतका न्यायाधीशको इजलासले सोमबार पहिलोपटक म्याद तोक्ने छ । सरकारी पक्षले पहिलो पटकका लागि २५ दिनको म्याद माग गर्ने तयारी गरेको छ । नाबालिका बलात्कार आरोपमा जाहेरी परेपछि उनी न्यायीक हिरासतमा छन्।
यसअघि जाहेरी दर्ता भएसँगै फरार रहेका वडा अध्यक्ष श्रेष्ठ आइनबार प्रहरी नियन्त्रणमा आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।